तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख गाइभैंसीलाई खोरेँत रोग विरुद्धको खोप लगाइँदै 

उदयपुर । पशुमा लाग्ने खोरेँत रोग अन्त्यका लागि उदयपुरमा खोरेँत रोग विरुद्ध खोप अभियान थालिएको छ ।

जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका त्यसै गरि ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकामा एक साथ आज आइतबार देखी खोरेँत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ ।

पशुपालन र दूध उत्पादनमा कृषकहरूलाई व्यावसायिक बनाउन र कृषकलाई दूध उत्पादनको माध्यमबाट आत्मनिर्भर बनाउन खोरेँत रोग मुक्त गराउनु अनिवार्य रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताउनुभयो ।

आइतबार बिहानै सबै पालिकाहरूमा पालिका प्रमुख तथा उपप्रमुखहरूले खोप अभियानको उद्घाटन गरेर अभियान सुरु गर्नुभएको थियो । 

खोरेँत रोग विरुद्धको अभियान अन्तर्गतको खोप कार्यक्रम अहिले उदयपुर जिल्लामा मात्र नभएर कोशी प्रदेशका सबै १४ जिल्लामा सुरु गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button