पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा शुक्रबार राति पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको हो । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप राति करिब १० बजे ढोरपाटन नगरपालिका–८ र ९ वडाको सिमाना च्वावीरस्थित सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो ।
दुर्घटनामा चालक ढोरपाटन–९ का २७ वर्षीय दिलबहादुर विक र सोही गाडीमा सवार वडा नं–७ का २४ वर्षीय वसन्त अदै घाइते भएको प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्