तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

जलेश्वर (महोत्तरी)। भारतको विहार राज्यमा आगामी मङ्गलवार हुन लागेको विधान सभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ । 

भारतको विहार राज्यको विभिन्न विधान सभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सिमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने भएको जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button