तपाईँ सुन्दै हुनुहुन्छः

देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान

दमक, झापा ।  यहाँको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट  शान्ति टोलमा  १५ वटा सिसी क्यामेरा जडान गरेका छन् । 

टोल विकास संस्थाले अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभएको छ । 

विसं २०६३ मा स्थापना भएको उक्त संस्थाले भैपरि सामाजिक कामका लागि रु एक लाखको टोल सुधार कोष स्थापना गरिएको शुक्रबार क्यामरा जडान गरेपछि अध्यक्ष विष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button