जन जागृति युथ क्लबमाथि देउराली युथ क्लबको जित
काठमाडौँ । एन्फा प्रेसिडेन्ट लिगमा देउराली युथ क्लबले जन जागृति युथ क्लबमाथि ३–१ को पुनरागमन जित हासिल गरेको छ ।
शुक्रबार प्रतियोगिताको तेस्रो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा देउरालीका लागि मिलन लिम्बूले दुई तथा उज्ज्वल राईले एक गोल गरे । जन जागृतिले पहिलो मिनेटमै शम्भु थारुको गोलमा अग्रता लिएको थियो ।
प्रतियोगितामा देउरालीको यो पहिलो जित हो । बुधबार उद्घाटन खेलमा देउरालीले चित्लाङ एफसीसँग ४–१ गोलले पराजय बेहोरेको थियो । जन जागृतिको भने यो पहिलो खेल हो ।
अर्को खेलमा एरोन थापाको गोलसँगै विजय स्पोट्र्स क्लब आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
विजयले चित्लाङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै चित्लाङले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा उसले देउराली युथ क्लबलाई ४–१ ले पराजित गरेको थियो । विजयका लागि भने यो लगातार दोस्रो बराबरी हो । यसअघि उसले लालिगुँरास एसोसिएसन क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।








प्रतिक्रिया राख्नुहोस्