पोखरा बचत सहकारीले रकम फिर्ता नगरेपछि प्रहरीले उजुरी दर्ता गर्न आह्वान
कास्की । पोखरा महानगरपालिका–९, नयाँबजारस्थित श्री पोखरा बचत तथा ऋण सहकारी लिमिटेडले बचतकर्ताको रकम फिर्ता नगरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीले सहकारीका सञ्चालक समिति, व्यवस्थापक र जिम्मेवार पदाधिकारीहरूविरुद्ध आधिकारिक उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। गण्डकी प्रदेश रजिस्ट्रारको कार्यालयको पत्र र कागजातका आधारमा मिति २०८१ असोज १९ गतेदेखि केही पदाधिकारी तथा कर्मचारी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
सहकारीका अध्यक्ष सुरेन्द्र गोदारसहित आठ जनालाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको र बचत तथा सेयर रकम फिर्ता नपाएका पीडितहरूलाई उजुरी दर्ता गर्न प्रहरीले आह्वान गरेको छ।








प्रतिक्रिया राख्नुहोस्