तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । 

गृहमन्त्री अर्यालले बालुवाटारस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर उहाँसँग भेट गरी अवस्था बिस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराउनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताउनुभयो । उहाँले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिनुभयो ।

यसअघि, आजै गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button