तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री खरेलद्वारा निःशुल्क इन्टरनेट सेवा निरीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न १९ वटा सार्वजनिक स्थलमा आजैदेखि सुरु गरिएको निःशुल्क इन्टरनेट सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्थलगत  निरीक्षण  गर्नुभएको छ । 

मन्त्री खरेलले नयाँ बसपार्क, टिचिङ हस्पिटल, पशुपति र त्रिभुवन विमानस्थलमा पुगी सरकारले निःशुल्क उपलब्ध गराएको इन्टरनेश सेवाको लगइन गरी चेक जाँच गर्नुभयो । 

निरीक्षणका क्रममा मन्त्री खरेलले उपत्यकाका विभिन्न सार्वजनिक स्थलपछि दुर्गम क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । 

सरकारले सातै प्रदेश राजधानीमा पनि निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको पनि बताउनुभयो । 

सरकारले आजैदेखि उपत्यकाका नयाँ बसपार्कदेखि यातायात कार्यालय र पशुपति आर्यघाटलगायत  १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु गरेको हो । 

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जनाएका छन् । 

निःशुल्क इन्टरनेट सेवाको निरीक्षणमा मन्त्रालयका सचिव राधिका अर्याल पनि सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button