गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटकी एक किशोरी सुत्केरी व्यथाले गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
अनुसार मैकोटका मैताराज कामीकी १५ वर्षीया पत्नी रन्जना कामीलाई सुत्केरी व्यथा लागेर अवस्था जटिल भएपछि मङ्गलवार बिहान उद्धार गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभएको छ ।
सूचना अधिकारी गिरीका अनुसार प्रमुख जिल्ला अधिकारी सीता परियारको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बिहान करिब ९:५५ बजे नेपाली सेनाको NA066 नम्बरको हेलिकोप्टरमार्फत उहाँलाई उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत लगिएको हो ।
स्थानीयको र इप्रका रंमामैकोटको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको वडा अध्यक्ष बिरमान कामीले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्