तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा मन्त्री र सचिवहरुसँग संयुक्त समीक्षा बैठक

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि भएका कार्यहरूको प्रगति विवरण लिन आज सबै मन्त्री र सचिवहरूको संयुक्त बैठक गर्नुभएको छ।

सिंहदरबारमा जारी उक्त बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले आफ्ना मन्त्रालय र मातहतका निकायहरूको कार्य प्रगति विवरण पेस गर्ने क्रम जारी छ । बैठकमा प्रधानमन्त्रीले प्रस्तुत विवरणहरू सुनेर आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरूबारे आवश्यक निर्देशन दिनुहुने बताइएको छ।

सरकारका प्राथमिकतापूर्ण कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र प्रशासनिक सुधारका विषयमा बैठकमा छलफल जारी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button