स्रोत नखुलेको २८ लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
धनगढी। कैलालीको धनगढीबाट प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-३ मिलनचौकबाट २८ लाख ३५० रुपैयाँ सहित भारतीय नागरिक हरचित गुप्ता र सागर गुप्तालाई पक्राउ गरेको डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
भारतको पलियाका घर भएका हरचित र सागर सवार युपी ३१ सीएन ११७५ नम्बरको कार चेकजाँच गर्दा स्रोत नखुलेको २८ लाख नेपाली रुपैयाँ बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।










प्रतिक्रिया राख्नुहोस्