भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौँ । एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आज भारतको चेन्नइ प्रस्थान गरेको छ ।
यही नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने उक्त प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली रहेको छ ।
खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, शर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल, सीता गुरुङ, इन्द्रकुमारी मल्ल र सुनिलकुमार लालवनी छन् ।
त्यस्तै अन्य खेलाडीमा श्रवनकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन् ।
टोली प्रमुखमा जिएन दाइ शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा अभव भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।







प्रतिक्रिया राख्नुहोस्