तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय किसान सञ्जालले बुझायो मन्त्रीहरूलाई ज्ञापनपत्र 

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले किसानका विभिन्न समस्याहरूप्रति ध्यानाकर्षण गराउँदै समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिल कुमार सिन्हालाई ज्ञापनपत्र बुझाएको छ ।

सञ्जालका संयोजक डा. प्रेम दंगालको नेतृत्वमा बुझाइको ज्ञापन पत्रमा भूमि समस्या समाधान आयोग विघटन गर्ने अभिलम्ब फिर्ता लिनुपर्ने, विभिन्न बालीमा भएको क्षतिको विवरण सङ्कलन गरी किसानलाई तत्काल राहत दिनुपर्ने, दुग्ध विकास संस्थानको पुनर्संरचना गर्नुपर्ने लगायतका माग समेटिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button