मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बिहीबार अपराह्न नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही वडाका गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी इन्चार्ज रमेश लामाले जानकारी दिनुभयो ।
मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते शिवानीको जानकी एकेडमिक हस्पिटल, महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
बालिकाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र ठक्कर दिने मोटरसाइकल र चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यता दोषीको खोजी र कारबाहीको माग गर्दै आक्रोशित स्थानीयवासीले १ः०० बजेदेखि हुलाकी राजमार्गको कटुधार खण्डमा अवरुद्ध गरेका थिए । इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार, औरही नगरपालिकाका पूर्व नगर प्रमुख सुनिल कुमार यादव र स्थानीयबीच भएको वार्तापछि एक महिनाभित्र दोषी पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउने र सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने सहमति भएपछि स्थानीयले सडक सञ्चालनमा गर्न दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्