मधेशको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीसँग आज शिष्टाचार भेटघाट भएको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा भएको भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको विकासका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेको बताउनु भएको हो।
उहाँले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको शिष्टाचार भेटघाटको क्रममा जानकारी दिनु भयो ।
सो अवसरमा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताउँदै सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्न इच्छुक रहेको बताउनु भयो ।
भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्