सञ्चार मन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग भेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा बुधवार रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग छलफल गर्दै मन्त्री खरेलले दिवङ्गत पत्रकार सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।
मन्त्री खरेलले दिवङ्गत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा रजककी धर्मपत्नी सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चार मन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।
विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्