बालुवाटारमा त्रिपक्षीय छलफल शुरु
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा त्रिपक्षीय छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सरकार, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
छलफलमा छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा सहभागी हुनुहुन्छ ।

त्यस्तै राजनीतिक दलका तर्फबाट प्रकाशशरण महत, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे र वसन्त कुशवाहको सहभागिता रहेको छ ।
त्यसैगरी जेनजी समूहका तर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमीत खनाल र राजन रानामगरको सहभागिता रहेको छ ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्