तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक धर्म निभाउन अनलाइन टिभीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नयाँ मूलधारका सञ्चारमाध्यमका रूपमा उदाएका अनलाइन टेलिभिजनहरूलाई निर्वाचनको पक्षमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। 

आज मन्त्रालयमा अनलाइन टिभी सङ्घ र राष्ट्रिय लोकसञ्चारकर्मी सङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा मन्त्री खरेलले  सरकार नागरिक पत्रकारिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा संवेदनशील भएको र नयाँ मूलधारका माध्यमहरूले सरकारले प्राथमिकतामा राखेको फागुन २१ को निर्वाचनको पक्षमा सूचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गर्नुभयो । 

यस अवसरमा मन्त्री खरलेले सरकारले सामाजिक सञ्जाल र अनलाइन टेलिभिजनहरू कदापि बन्द नगर्ने बरु नियमनका लागि प्रक्रिया अघि बढाउने बताउनुभयो । 

अन्तरक्रियामा अनलाइन टिभी सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीहरूलाई पनि सरकारले लोक-कल्याणकारी विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै लोकसञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतमले लोकसञ्चारकर्मीहरुले सम्पूर्ण लोकका लागि पत्रकारिता गर्दै आएको र मुलुकको धार्मिक, सांस्कृतिक पर्यटनका लागि कलम चलाउँदै आएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button