बैतडीको शिवनाथ धाममा जात्रा: गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा
बैतडी। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यति बेला जात्राको रौनक छाएको छ । यहाँका विभिन्न शक्ति पीठहरूमा जात्रा लाग्ने क्रम सुरु भएको छ ।
बैतडीमा केही शक्ति पीठहरूमा आजदेखि जात्रा सुरु भएको छ । जिल्लाको शिवनाथ धाममा आजदेखि जात्रा सुरु भएको छ ।

शिवनाथ गाउँपालिका-५ मा पर्ने यस धाममा आजदेखि जात्रा सुरु भएको हो । हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा हुने गर्दछ ।
आज साँझको समयमा शिवनाथ मन्दिरमा पूजा लाग्ने गर्दछ । भोली पनि दिनैभर पूजाआजासहित जात्रा लाग्ने छ ।
दुई दिनसम्म चल्ने यस जात्रामा बैतडीका विभिन्न ठाउँ तथा सीमावर्ती भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले जानकारी दिनुभयो ।

जात्राकै अवसरमा शिवनाथ गाउँपालिकाले आज र भोली स्थानीय सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा दिनको गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्