तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बु क्षेत्रमा हिमपात, पर्यटन क्षेत्र प्रभावित

सोलुखुम्बु। हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बुक्षेत्रमा हिमपात भएको छ।

देशभरिको मौसममा आएको परिवर्तनसँगै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बुपासाङल्हमु गाउँपालिकाको तेङ्बोचे भन्दा माथिल्लो क्षेत्रमा मङ्गलवार बिहानैदेखि हिमपात भइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । 

पर्यटकीय सिजनमै खुम्बु क्षेत्रमा हिमपातका कारण पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू होटेलमै सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रशासन र होटेल सञ्चालकहरूले पर्यटकको सुरक्षा र आवश्यक सुविधाका  लागि पर्यटकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

सगरमाथा आधार शिविर, तेङ्बोचे, लबुचे लगायतका स्थानमा हिमपात भइरहेको जनाइएको छ । हिमपात भएको क्षेत्रमा माथिल्लो क्षेत्रमा एक हजारको हाराहारीमा विदेशी पर्यटक तथा तिनका सहयोगी भ्रमणमा छन् । 

यस सिजनमा घुम्न आएका पर्यटकलाई हिमपातका कारण प्रभावित बनाएको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकोले चिसोमा वृद्धि भएपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । धान भित्र्याउने समयमा पानी परेकाले तल्लो क्षेत्रका कृषकहरू मारमा परेका छन् 

प्रतिक्रिया राख्नुहोस्

Back to top button