तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल अमेरिकासँग फराकिलो अन्तरले पराजित

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

लिग टु को १५औँ सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । नेपाललाई हराएपछि २१ खेलबाट ३० अंक जोडेको अमेरिका स्कटल्याण्डलाई रन रेटमा पछि पार्दै लिग टु को शीर्ष स्थानमा उक्लेको छ । नेपाल १७ खेलबाट १२ अङ्कसहित सातौं स्थानमा छ ।

स्पिनर हर्मित सिंहले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेखले ३७ तथा भिम सार्कीले २९ रन जोडे । आरिफ शेखले २० रन बनाए ।

नेपाललाई अलआउट गर्न अमेरिकाका हर्मित सिंहले ६ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । यस्तै मिलिन्द कुमारले अविजित ७० रन बनाए । साइतेजा मुक्काकालाले ४२ रन योगदान गरे । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button