नेपालमै पहिलो पटक १३२ केभी विद्युत् लाइनमा मोनोपोल जडान सुरु

रुपन्देही । सडक र बस्तीमाथि रहेको हाइटेन्सन लाइनको जोखिमपूर्ण हटाउन नेपालमै पहिलो पटक १३२ केभी विद्युत् प्रसारण लाइनमा मोनोपोल जडान सुरु भएको छ ।
रुपन्देहीको बुटवलउपमहानगरपालिका कालिकापथलाई सुरक्षित बनाउन मोनोपोल’ जडान सुरु गरिएको हो ।
बाक्लो बस्ती र फराकिलो सडकमाथि १३२ केभी विद्युत् प्रवाह हुने प्रसारण लाइनबीचको दुरी कम हुँदा सडकमा गुड्ने ठूला गाडीले तार छुन सक्ने ठुलो जोखिम रहेको थियो । मोनोपोल जडान भएपछि उक्त जोखिम हट्ने विश्वास गरिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ कालिकापथस्थित योगिकुटीदेखि–होराइजन चोक सडक खण्डमा बुटवलबाट मोतिपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) हटाएर मोनोपोल (एउटा मात्र खुट्टा) राख्न सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाका सिभिल इन्जिनियर सुरजप्रसाद पाण्डेले जानकारी दिनुभयो । फाउण्डेशनको काम केही समय अगाडि भइसकेको र पोल पनि आइसकेकाले प्रसारण लाइन सटडाउन गरी जडान थालिएकोले एक साताभित्र जडान सकिने उहाँको भनाइ छ । उहाँका अनुसार यो नेपालको १३२ केभीए लाइनको पहिलो मोनोपोल हो र अब जोखिमपूर्ण ठाउँमा आवश्यकताअनुसार यस्ता पोल जडान गर्न सकिने छ ।
मेयर खेलराज पाण्डेयले देशभरमा १३२ केभी मा पहिलो पटक मोनोपोल जडानको काम सुरु भएको छ । यो काम राम्रोसँग सफल भएमा ठुलठुला टावर बनाउँदा स्थानीय जनताको धेरै जग्गा जोगिने र सुन्दरता पनि देखिने उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्