डडेल्धुरामा जिप दुर्घटना,डोटीका ५ जना घाइते
डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । डोटीबाट डडेलधुरातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नं को बलेरो जिप के.आई.सिंह राजमार्ग अन्तरगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं ३ मछलीखोलामा शनिबार दिउँसो करिब १२ बजे पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरू सबै डोटीको सायल गाउँपालिकाका स्थानीयहरू छन् । घाइते हुनेमा सायल गाउँपालिका कि १७ वर्षीय लाली साउँद, वर्ष १८ कि लक्ष्मी साउँद, वर्ष १९कि अपेक्षा साउँद, वर्ष १९ का मदन साउँद र सोही गाउँपालिकाका वर्ष १६ का केशव साउँद रहेका छन् ।घाइतेहरूको अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्