तपाईँ सुन्दै हुनुहुन्छः

तिहारमा घर जान बसपार्क पुगेका दिनेशको बसको ठक्करबाट मृत्यु

रुपन्देही । बुटवलको बसपार्कमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा लु २ ख ४०९७ नम्बरको बसले सोमबार बिहान पैदलयात्रा गरिरहेका कपिलवस्तुको विजयनगर गाउँपालिका–७, बडसुदुवा निवासी ३५ वर्षीय दिनेश यादवलाई ठक्कर दिएपछि मृत्यु भएको हो । बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले ठक्कर दिने बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button