तपाईँ सुन्दै हुनुहुन्छः

विपिन जोशीको शव दिउँसो आइपुग्दै, विमानस्थलमै प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली अर्पण गर्ने

काठमाडौँ । इजरायलमा भएको हमलामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै छ।

उनको पार्थिव शरीर दिउँसो २:३० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको छ।  

प्रधानमन्त्री सुशीला कार्की विमानस्थलमा पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

हमासले जोशीलाई २०८० असोज २३ गते किबुत्ज आलुमिमबाट अपहरण गरेको थियो। अपहरणपछि केही समयको जीवित भिडियो केही दिनअघि मात्र सार्वजनिक भएको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौता र बन्दी साटासाटको क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

डिएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button