बाजुरामा कोदो टिप्ने चटारो
बाजुरा। कार्तिक लागेसँगै बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका किसानहरू यतिबेला पाकेको कोदो टिप्न व्यस्त भएका छन्। कतिपय स्थानमा किसानहरूले कोदो टिपेर चुट्दै घरभित्र्याउने काम सुरु गरिसकेका छन्।
बडिमालिका नगरपालिका–५ की किसान तुल्सी विकका अनुसार बिहानैदेखि बेलुकासम्म बारीमै समय बित्ने गरेको छ। “तिहार मनाउने र कोदो टिप्ने कार्य सँगसंगै भइरहेको छ। कोदो घरभित्र्याउने तयारीमा महिलाहरू व्यस्त छन्,” उहाँले बताउनुभयो।

जिल्लाका उच्च लेकाली भेगबाहेक अधिकांश क्षेत्रमा कोदो पाकिसकेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष कोदो उत्पादन गत वर्षको तुलनामा राम्रो हुने अनुमान गरिएको छ। “देशका ठूला सहरहरूमा कोदोको माग र मूल्य दुवै बढेका छन्, जसको प्रत्यक्ष प्रभाव किसानमा परेको छ,” उहाँले भन्नुभयो।
कृषि विज्ञहरूले कोडोलाई स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण अन्नका रूपमा लिने सुझाव दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्