तपाईँ सुन्दै हुनुहुन्छः

उग्रतारा मेला “देहिजाँत” कार्तिक १९ गते हुने

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) यही कार्तिक १९ गते हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । शनिबार मेला व्यवस्थापन तथा विभिन्न ठाउँहरूबाट आउने श्रद्धालु, दर्शनार्थीहरुको व्यवस्थापनका लागि छलफल गरिएको समितिका अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो । 

डडेल्धुराको अमरगढी नगरपालिका ८ मा रहेको डाँडा माथिको समथर भूभागमा अवस्थित उग्रतारामा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने गरेको छ ।

मेलामा सुदूरपश्चिम लगायत देश तथा भारतका विभिन्न क्षेत्रहरूबाट दर्शनार्थी आउने गरेका छन् । 

प्रदेशकै सबैभन्दा बढी श्रद्धालुहरूको आवत–जावत रहने मेलाका रुपमा परिचित उग्रतारा मेलालाई स्थानीयहरूले देहिजाँत पनि भन्ने गरेका छन् ।

क्षेत्र विकास समितिका अध्यक्ष साकीले कार्तिक १८ गते राती रतेडी हुने र रतेडीमा सेलागाउँ सहित जिलोडा, छचोडा, खनमडा, र दुमडा गाउँबाट चौलो आउने र बिहानको झिसमिसे उज्यालोमा मन्दिरमा पुग्ने परम्परा रहेको बताउनुभयो । साथै त्यसको भोलीपल्ट दिउँसेडी अर्थात् उग्रतारा मेला देहिजाँत हुने परम्परा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button