तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि सदस्यहरुले विशेष महाधिवेशन लगायत समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले समयमै महाधिवेशन सम्पन्न गर्नेगरी तयारी थाल्न कार्यबहाक सभापतिलाई आग्रह गर्नुभयो । 

आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

यसैगरी केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मीकि, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला पनि आ–आफ्नो धारणा राख्नु भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक भोली १ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button