कांग्रेसद्वारा सगरमाथा आरोही कान्छा शेर्पाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले सगरमाथाको पहिलोपटक सफल आरोहण गर्नुभएका कान्छा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी शोक विज्ञप्तिमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको जनाइएको हो ।
शेर्पाको निधनले एक अनुभवी र ऐतिहासिक घटनाका जीवित साक्षीको अवसानका साथै नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । स्वर्गीय शेर्पा विश्वभरका आरोहीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।
शेर्पाले नेपालको पर्यटन क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदान पर्यटन क्षेत्रको इतिहासमा सदा स्मरणीय रहिरहने काँग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । काँग्रेसले स्वर्गीय शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्