तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा एमालेले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि आजसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन गर्नुभएको थियो । 

यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ । 

बैठकले संसद् पुनर्स्थापनाका लागि अहिलेको संविधान र लोकतन्त्रमा विश्वास राख्ने पक्षहरूसँग सहकार्य गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । 

एमाले केन्द्रीय कमिटी बैठकले संसद् पुनस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले त्यसको पक्षमा जनपरिचालन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै,बैठकले नेकपा एमाले निर्वाचनबाट नभाग्ने तर सरकारले वातावरण बनाउनुपर्ने निर्णय पनि गरेको एमाले प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button