कारको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिका वडा नं–२७, धर्मपुरमा कारको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका नवराज पौडेल क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुद्धनगरबाट अमृतचोक जाँदै गरेको बा१६च १४२ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो । कार ठक्करबाट गम्भीर घाइते ५७ वर्षीय क्षेत्रीको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार गरेर घरमा लगिएकोमा निजको मृत्यु भएको हो ।
कार र कार चालक भरतपुर–६, इन्द्रपुरी बस्ने ३४ वर्षीय विनोद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवको परीक्षणपछि आफन्तले बुझी लगेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्