कास्की कारागारबाट फरार ८१ जना पक्राउ
कास्की। कास्की कारागारबाट फरार रहेका ८१ जनालाई कास्की प्रहरीले पक्राउ गरेका छ।
गत भदौ २३ , २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका विभिन्न मुद्दाका आरोपी पक्राउ गरेको कास्की प्रहरीले जनाएको ।

जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी पश्चात् कारागार कार्यालय कास्कीबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवाहरूलाई कारागार विभागबाट आश्विन २० गते भित्र स्वतःस्फूर्त कारागारमा फर्किन अपिल समेत गरिएको थियो । उक्त मिति भित्र हाजिर नभए पछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खोजतलास गरी विभिन्न मुद्दाका ८१ जना फरार कैदी तथा थुनुवाहरूलाई पक्राउ गरी कारागार कार्यालय कास्कीमा बुझाइएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका फरार कैदीहरू मध्ये जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका १ जना, मानव बेचबिखन मुद्दाका १ जना सूचना अधिकारी हरि बहादुर बस्नेत जानकारी दिनुभयाे ।
प्रतिक्रिया राख्नुहोस्