दीपावली र छठ नजिकिँदै गर्दा वीरगञ्जमा पूजा सामग्रीहरूको बिक्री–वितरण सुरु
वीरगञ्ज । तराईमा भव्य रुपमा मनाइने शुभ दीपावली र छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको घण्टाघर क्षेत्रमा माटोका दियो, कलश र पूजाका सामग्रीहरूको बिक्री–वितरण सुरु भएको छ ।

हरेक वर्ष झैँ यस वर्ष पनि पर्व सुरु हुनु केही दिन अघि नै बजारमा माटाका सामग्री, रंगोलीका सामान, दियो, कलश, धूप, माला र अन्य पूजा सामग्रीको किनमेलको कारण घण्टाघर चोकमा चहलपहल बढेको हो ।
स्थानीय व्यापारीहरूले पछिल्ला दिनमा दीपावली र छठ पर्वका तयारीसँगै माटाका दियो र कलशको माग बढ्दै गएको छ । उनीहरूले वीरगञ्ज आसपासका गाउँ–नगरबाट समेत खरिद गर्न आउनेहरूको भीड बढिरहेको बताएका छन् ।
घण्टाघरको बजारमा बिहानदेखि बेलुकीसम्म पर्वको रौनक देखिन थालेको छ भने सर्वसाधारणले पनि दियो बाल्ने र पूजा गर्ने तयारी सुरु गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्