कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति, नेपाली कांग्रेसको आगामी रणनीति र महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा सुरु हुनेछ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुने हुनु भएकाे छ। जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा आक्रमण र आगजनी भएपछि उपचाररत देउवा लामो समयपछि पहिलोपटक सार्वजनिक रूपमा देखिन लाग्नुभएकाे हाे।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको छ।
त्यसअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ। कार्यसम्पादन समितिले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने एजेन्डा तय गर्ने छ।
प्रतिक्रिया राख्नुहोस्