प्रदेश सरकारमा रहेका एक मात्र मन्त्रीद्वारा राजीनामा
जनकपुरधाम । मधेश प्रदेश सरकारमा रहेका एक मात्र मन्त्रीले आज पदबाट राजीनामा दिनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट मधेश प्रदेश सरकारमा रहनुभएका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले आजैको मितिदेखि लागु हुने गरी पदबाट राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्री सतिश कुमार सिंहले भोली प्रदेश सभामा विश्वासको मत लिनु भन्दा केही घण्टा अगाडी शिक्षामन्त्री तिवारीले मुख्यमन्त्रीलाई सम्बोधन गरी पदबाट राजीनामा दिनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह भोली दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिन लाग्नुभएको छ । मधेश प्रदेश सरकारमा मुख्यमन्त्री बाहेकका सबै मन्त्रीहरूले यसअघि नै राजीनामा दिइसक्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्