तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो स्थगित गरिएको बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा सुरु भएको हो ।

शुक्रबारदेखि केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरूका फरक फरक विचार आए पनि बैठकपछि एकीकृत धारणा तयार पारेर निर्णय सार्वजनिक गरिने एमालेले जनाएको छ ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो । बाँकी पदाधिकारीले आजको सचिवालय बैठकमा धारणा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

बैठक संभवत आजै सक्ने र बैठकले चुनाव या संसद् पुनः स्थापनाबारे समेत औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button