तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु हिमाल आरोहीबाट १५ करोड ७६ लाख ४० हजार राजश्व सङ्कलन

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँमा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३७४ जनाले अनुमति पाएका छन् । 

हिमाल आरोहणका लागि ९५ जना महिला र २७९ जना पुरुषले अनुमति पाएका छन्  । जसबाट सरकारले १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

पर्यटकहरू मनास्लु क्षेत्रमा आउन थालेसँगै यस क्षेत्रको पर्यटन व्यवसायमा व्यापार बढेको सिर्दीवासबाट स्थानीय होटल व्यवसायी गणेश कार्कीले बताउनुभयो । 

विगतका वर्षहरूको तुलनामा मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या बढ्न थालेको पछिल्ला तथ्याङ्कहरूले पुष्टि गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button