तपाईँ सुन्दै हुनुहुन्छः

मानवसेवा आश्रममा आश्रितको मृत्यु

सुरुङ्गा,झापा ।  मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।

शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

असोज २० गते उहाँलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानवसेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानवसेवा आश्रममा ११ जना आश्रितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button