मधेश प्रदेशका मुख्यमन्त्रीले असोज २८ गते विश्वासको मत लिनुहुने
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी असोज २८ गते मङ्गलवार विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेशसभा सचिवालयलाई असोज २८ गते विश्वासको मत लिने भएकाले सोही अनुसार व्यवस्था मिलाई दिन आज पत्र पठाउनुभएको हो ।
वर्तमान मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा हाल १०५ जना सदस्य कायम रहेका छन् । मुख्यमन्त्री सिंहसँग लोकतान्त्रिक समाजवादी पार्टीको मात्र समर्थन देखिएको छ । उहाँले प्रतिनिधित्व गर्ने जनमत पार्टीले पनि समर्थन फिर्ता लिएकाले संसदीय दलले ह्विप जारी गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्