बिर्तामोडमा जुवा खेल्दै गर्दा ११ जना पक्राउ
भद्रपुर, झापा । झापाको बिर्तामोडमा गएराति जुवा खेल्दै गर्दा ११ जना पक्राउ परेका छन् ।
बिर्तामोड ८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनी उप्रेतीसमेत बिर्तामोड ८ बस्ने बर्ष ३५ का कालीप्रसाद राजवंशी, सोही ठाउँ बस्ने बर्ष ५३ का भानु दाहाल, बर्ष ४६ का राजन भट्टराई, बर्ष ३१ का दिलिपप्रसाद राजवंशी, वर्ष २५ का निरज रोक्का, बर्ष २९ का मनिष पौडेल, बर्ष ३५ का कुबेर मैनाली, बर्ष २६ का मनोज पौडेल, बर्ष ३७ का स्वस्तिक ओली र बर्ष ३० का प्रितम उप्रेती पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्