लार्केपासमा लेक लागेर भक्तपुरका युवकको मृत्यु
गोरखा । गोरखाको लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवकको ज्यान गएको छ ।
भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रजापति र उनका केही साथीहरू मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि बिहीबार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए । धर्मशालाबाट पाँच घण्टाको पैदल यात्रा गरेपछि प्रजापतिको लेक लागेका कारण मृत्यु भएको गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रजापतिसँग अन्य चार जना साथीहरू पनि गएका रहेछन्, उनीहरू भने लार्के पास गरेर मनाङतर्फ झरेका छन् ।
प्रजापतिको शव सामागाउँ ल्याइएको र फिस्टेल एयरको हेलिबाट काठमाडौँको टिचिङ अस्पताल लगिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलिले मुचुल्का तयार गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्