तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी एसियन कप छनोट : पहिलो हाफमा बराबरी

काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले भियतनामलाई खेलको पहिलो हाफसम्म १–१ को बराबरीमा रोकेको छ ।

भियतनामको हो चिमिन सहरको गो डाउ रङ्गशालामा जारी खेलमा पहिलो अग्रता भने भियतनामले लियो । खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रतामा दिलाएका हुन् ।

त्यस्तै, खेलको १७औँ मिनेटमा नेपालका रोहन कार्कीको फ्रिकिकमा  सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित बनेको छ । 

भियतनामको गोल अवसरमा बाधा पुर्‍याएको भन्दै नेपालका लाकेन लिम्बूले सोझै रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित बनेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button