तपाईँ सुन्दै हुनुहुन्छः

“हुलाक सेवा आधुनिक र सशक्त बनाइँदै”

काठमाडौँ । सरकारले हुलाक सेवालाई थप समृद्ध बनाएर लैजाने जनाएको छ । 

विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालमा हुलाक सेवाको सार्थकता अझै सान्दर्भिक रहेकाले हुलाक सेवालाई समयानुकूल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल १५१औँ विश्व हुलाक दिवसका अवसरमा काठमाडौँमा बिहीबार प्रदर्शनीमा राखिएको हुलाक टिकट अवलोकन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त /रासस

कार्यक्रममा मन्त्री खरेलले  हुलाक सेवालाई स्मार्ट हुलाक सेवामा रूपान्तरण गर्न आवश्यक नीतिगत सुधार समेत गरिने बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारले ओझेलमा परेको  हुलाकलाई सशक्त बनाउने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । 

यस अवसरमा मन्त्री खरेलले नेपालको पहिलो विद्यावारिधि गर्ने गोर्खा सैनिक डा. हर्षबहादुुर बुढामगर, महोत्तरीको लक्ष्मीनारायण मठ, आइसीसी महिला तथा पुरुष विश्व कप २०२४ का तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभयो । 

कार्यक्रममा नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, डा हर्षबहादुर बुढामगरी छोरी एवम् वरिष्ठ गीतकार उन्नति बोहोरा शीलालगायतले विश्व हुलाक दिवसको शुभकामना दिनुभयो । 

हुलाक सेवा विभागले जेनजी आन्दोलनमा  कार्यालयमा खटिएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button