एमालेले आज भक्तपुरमा ‘विशेष कार्यक्रम’गर्ने
अध्यक्ष ओलीले असामान्य राजनीतिक परिस्थिति र भूमिकाबारे धारणा राख्नुहुने
भक्तपुर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको ‘विशेष कार्यक्रम’लाई सम्बोधन गर्ने हुनुभएकाे छ।
एमाले भक्तपुर जिल्ला कमिटीद्वारा सूर्यविनायक नगरपालिका–७, गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य राजनीतिक परिस्थिति र नेताकर्मीकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा धारणा राख्ने जनाइएको छ।
कार्यक्रमलाई ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ नाम दिइएको छ। पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत र जिल्ला अध्यक्ष बचन देउजाका अनुसार, उक्त कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित विभिन्न तहका नेताहरूको पनि सहभागिता रहनेछ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली हाल गुण्डुस्थित भाडाको घरमा बस्दै आइरहनु भइरहेकाे छ ।
प्रतिक्रिया राख्नुहोस्