तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंमा कांग्रेस पदाधिकारी बैठक बस्दै, २६ असोजको एजेन्डा तय हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक आज काठमाडौंमा बोलाउनुभएकाे छ। बैठक ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा दिउँसो १ बजेका लागि तय गरिएको छ।

बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेबारे छलफल हुने नेताहरूले जनाएका छन्।

भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनपछि सभापति देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाउनुभएकाे हाे । आन्दोलनको दोस्रो दिन, भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको निवासमा आगजनी र तोडफोडसँगै देउवा र उहाँकी पत्नी आरजु राणा देउवामाथि कुटपिट भएको थियो।

निवास क्षतिग्रस्त भएपछि देउवा दम्पती हाल ललितपुरमा बस्दै आइरहनु भएकाे छ। यद्यपि, उहाँहरू हाल बसोबास गरिरहेको स्थानबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button