तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी र मोरङका थारुहरू गोठाले पर्व मनाउँदै 

सुनसरी । सुनसरी र मोरङका थारुहरूले महान् पर्व गोठाले मनाइरहेका छन् । 

हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन मनाइने गोठाले पर्वमा आज विधिपूर्वक मिठा परिकार बनाएर खाने चलन थारु समुदायमा रहेको छ । 

दुहबीसहित सुनसरी र मोरङका थारु समुदायले गोठाले पर्व मनाउनमा व्यस्त भएको गवनसिंह चौधरीले जानकारी दिनुभयो ।  

गोठाले पर्व थारु समुदायहरूले बयिया र माछाको परिकार बनाउने, कुल देउताको पूजापाठ गर्ने गरी मनाउने क्रममा थारुहरूले आफ्नो महान् पर्व गोठालेको अवसरमा गोठाले मनाइरहेको चौधरीले बताउनुभयो । 

आधा शताब्दीअघि महामारी फैलिएको बेला समुदायलाई बचाउन यसरी गोठाले पर्व तथा पूजा आरम्भ भएको थारु अगुवा गवनसिंह चौधरीले बताउनुभयो । थारु जातिकै लोप हुने अवस्था आएपछि सन्तान माग्दै देवीको पूजा गर्ने, आफैँले कुवा, नहर तथा पोखरीमा जमेको पानीमा रहेका माछा मार्ने र चढाउने तथा नयाँ उत्पादित धानको विभिन्न परिकार ‘बगिया’ बनाएर चढाउने चलन रहेको चौधरीको भनाई छ ।

पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुनसरी र मोरङमा रहेका मोरंगिया संस्कृति थारुहरूको पहिचान भएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button