तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा जिप दुर्घटना, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । वडा नं १ निघुरादिनबाट फुङलिङतर्फ जाँदै गरेको मे १ ज २५१९ नम्बरको जिप वडा नं ३ हाङपाङको पुच्छार लाफा चोक नजिक सडकमा दुर्घटना भएको हो ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुका अनुसार रन्जिता वनेम र सविना श्रेष्ठ घाइते भएका हुन् । दुर्घटनाग्रस्त जिपमा १० जना सवार रहेका मध्ये ८ जना र चालक सकुशल छन् । घाइते दुबै जनालाई उपचारका लागि फिदिम पठाउने व्यवस्था गरिएको अध्यक्ष पोमुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button