तपाईँ सुन्दै हुनुहुन्छः

नेपालसँग कतार १६ रनले पराजित

काठमाडौँ । आइसिसी टी २० विश्वकप २०२६ को एसिया छनोटअघिको आजको वामअप खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको छ ।

आज नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेटको क्षतिमा १५४ रन जोड्यो ।

कतारका लागि मुहमद तनविरले ५१ रन, मुहमद असिमले ३० रन र मोहमद ब्रइगले ४० रन बनाएका थिए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने ललित राजवंशी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट हात पारे।

आयोजक ओमानमा दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो।

नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाए। अर्का ओपनर आसिफ शेख ११ रन तथा कप्तान रोहितकुमार पौडेल ८ रनमा आउट भएका थिए। 

दीपेन्द्रसिंह ऐरीले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाउँदा कुशल मल्लले पनि नटआउट ३८ रन नै जोडे। कुशलले २९ बलमा १ चौका र २ छक्का हिर्काए।

शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button