खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई जना बेपत्ता
संजय कार्की रौतहट । लाल बकैया नदीमा खेल्ने क्रममा एक दश वर्षे बालकको सोमबार मृत्यु भएको छ।
रौतहटको राजपुर नगरपालिका–८ बलुवास्थित नयाँ मदरसा नजिक लाल बकैया खोलामा खेल्ने क्रममा राजपुर–८ बलुवा गोठ टोल निवासी १० वर्षीया अरबाज मिया लालको बकैया नदीमा नुहाउने क्रममा करिब २ बजे डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ।
सोमबार दिउँसो २ बजेतिर खोलामा खेल्ने क्रममा बालक बगेको र केही समयपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै रौतहटको देवाही गोनाही नगरपालिकामा दुई बालिका पानी बग्ने भँगालोमा डुबेर बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–६ कर्कच टोल निवासी १२ वर्षीया आरती कुमारी र ११ वर्षीया अन्तिमा कुमारी सोमबार दिउँसो खेतको पानी बग्ने भँगालोमा नुहाउने क्रममा डुबी हराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्