तपाईँ सुन्दै हुनुहुन्छः

मुसलधारे वर्षा र बाढीले धानमा ठूलो क्षति

जनकपुरधाम । असोजको तेस्रो सातामा परेको भारी वर्षाका कारणले मधेश प्रदेशमा धान खेतीमा ठूलो क्षति भएको छ । नेपालमा नै धानको उत्पादनले अग्रणी प्रदेश रहेको मधेशमा लगातार रुपमा असोजको १७ देखि १९ गतेसम्म परेको वर्षा र त्यसपछि विभिन्न नदी तथा खोलामा आएको बाढीले धान बालीमा ठूलो क्षति गरेको हो ।

oplus_2

मुसलधारे वर्षापछि बागमती, लखनेही, कोशी, झाझ, रातो, विगही, खाँडो सहितका नदिमा आएको बाढीले धान खेतलाई डुबाएका कारणले हजारौँ हेक्टरको धान डुबेर गल्नुका साथै पाक्न थालेको खरुहन धानमा ठूलो क्षति गरेको किसानहरुले जनाएका छन् । 

यस वर्ष धानको रोपाई गर्ने बेलामा समयमा वर्षा नभएपछि औसत भन्दा कम क्षेत्रफलमा धान खेती भएकोमा हालैको भारी वर्षा र त्यसपछिको बाढीका कारणले धान उत्पादनमा थप असर पर्ने पक्का रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा रहेको ५ लाख ४२ हजार ५ सय ८० हेक्टर कृषि योग्य जग्गा मध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान खेती हुने गरेकोमा यस पटक समयमा वर्षा नभएका कारणले ८६.३५ प्रतिशत अर्थात् ३ लाख १९ हजार ६ सय २६ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा धान राेपिएकाे थियाे ।

धान रोपाइँको क्षेत्रफलका दृष्टिकोणले कम रोपाई भएको सप्तरी, महोत्तरी जिल्ला तथा मध्यम रुपमा रोपाई भएको रौतहट र सर्लाही जिल्लामा वर्षा एवं त्यसपछिको बाढीले ठूलो क्षति गरेको छ । सर्लाही जिल्लामा बागमती तथा मनुष्मरा, लखनदेही नदिमा आएको बाढीले धान बालीमा ठूलो क्षति गरेको सर्लाहीका बलराको लक्ष्मीपुर निवासी अगुवा किसान डा. नवल किशोर झाले जानकारी दिनुभयो ।

रौतहटका दुर्गा भगवती गाउँपालिका सहित विभिन्न पालिकाहरूमा बागमती, झाझ सहितका नदिमा आएको बाढीका कारणले जिल्लाका आधा दर्जन पालिकाको सयौँ बिघाको धानबाली नष्ट भएको पालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिनुभयो । उहाँले आजको दिनसम्म पनि सदरमुकाम गौर, दुर्गा भगवतीका कतिपय वडाहरू डुबानमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button